परिचय
यो संस्था मिति २०५२ कार्तिक १७ गते तत्कालिन जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, धनगढीमा सहकारी ऐन २०४८ अनुसार बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा विधिवत रुपमा दर्ता भई स्थापना भएको संस्था हो ।
तत्कालीन समयमा यस क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको उपस्थिती न्यून रहँदा स्थानियहरु वित्तिय सेवाबाट बन्चित रहेका कारण अधिकांश साहु महाजनहरुले वित्तिय बजारमा कब्जा जमाएक कारण स्थानिय साधनस्रोतको यशोचित परिचालन हुन नसकेको अवस्था थियो । जिल्लाको पुर्विभेग लम्की, चिसापनी लागायतका क्षेत्रहरु स्रोत साधन तथा व्यापारीक दृष्टिकोणले सम्भावना युक्त क्षेत्र भए पनि बैंक तथा वित्तिय संस्था नहुँदा सम्भावनाहरु उजागर हुन सकिरहेका थिएनन् । कृषिका लागि उर्वर मानिने पुर्वि कैलालीमा कृषकहरुले मल, खाद, बिउ विजनको अभाव खेपि रहुन परेको अवस्था थियो । यिनै अवस्थाहरुलाई सम्बोधन गर्ने सहकारी मोडेलमा जनताहरुलाई एकतावद्ध गरि बहुउदेश्यीय गतिविधिहरु सन्चालन गर्ने सोचाई अनुरुप स्थानीय समाज सेवी, बुद्धीजीवी, व्यापारी तथा किसानहरुको अगुवाईमा छलफल गरी सहकारी संस्था स्थापना गर्नु पर्छ भन्ने अवधारणा अनुरुप “किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड” नामाकरण गरी संस्था स्थापना भएको हो ।
शुरुको अवस्थामा २५ जना शेयर सदस्यको ६०,६००।– शेयर पूँजीबाट शुरुभएको संस्थाले आफ्नो स्विकृत कार्य क्षेत्र भित्र ३ वटा सेवाकेन्द्र (लम्की, टीकापुर र जोशीपुर) स्थापना गरि कारोबार शुरु गरेको संस्थाले हाल आएर जिल्ला भरी ४२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । ७ वोटा जिल्लाका सम्पूर्ण स्थानिय पालिकाहरु सम्म पहुँच विस्तार गरिसकेको छ । समयानुकुल संस्थागत विकासमा जोड दिई प्रविधिलाई आत्मसाथ गर्दै अघिबढेका कारण आज संस्था स्थानिय स्तरमा नमुना तथा अग्रणी संस्था बन्न पुगेको छ ।
बहुउद्देश्यीय संस्थाको मर्म एवं सदस्यहरुको चाहना अनुरुप हाल संस्थाले सहकारी मोडेलमा निम्नानुसारका ४ वटा मुख्य व्यवसाय सन्चालन गर्दै आएको छ ।
⇒ सहकारी वित्तिय सेवा
⇒ लघुवित्त सेवा
⇒ कृषि प्रवद्र्धन सेवा
⇒ मार्ट
हाल सहकारी वित्तिय सेवा तर्फ ५ सेवाकेन्द्रहरु संचालनमा रहेका छन् भने ७ जिल्लाका विभिन्न ३७ स्थानहरुमा रहेका सेवाकेन्द्र मार्फत लघुवित्त सेवा प्रवाह गर्दै आएको छ ।
त्यसैगरी लम्की स्थित केन्द्रीय कार्यालय बाट रासायनिक मलखाद विक्री र मार्ट सन्चालन गर्दै आएको छ भने जानकी गाउपालिकाको अमरावतीमा एकिकृत कृषि फर्म सन्चालन गरेको छ ।
⊗ परिकल्पना
सहकारिताको सिद्धान्त एवं मुल्य मान्यता अवलम्बन गरी गरिब, विपन्न तथा पिछडिएको वर्गहरुको सामाजिक र आर्थिक विकासका माध्यमबाट जीवनस्तरमा सुधार ल्याई स्वाबलम्बी समाजको निर्माण गर्दै समुदायमा आधारित दिगो, सबल एवम् सशक्त सहकारी संस्थाको रुपमा स्थापित हुने ।
⊗ नारा : समृद्धिका लागि समुदाय संग–संगै ।
⊗ ध्येय
– आर्थिक, सामाजिक तथा वातावरणीय सेवाहरुको माध्यमबाट सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने ।
– दक्ष जनशक्तिहरुको विकास तथा स्थानिय स्रोत र साधन परिचालनको माध्यमबाट स्वरोजगारका अवसरहरु सिर्जना गराउने ।
– लघुवित्त कार्यक्रमलाई नेपालकै नमूना प्रविधियुक्त लघुवित्त बनाउने ।
⊗ लक्ष्य
– संस्थाको कार्य क्षेत्रका सम्पूर्ण स्थानियतहका सबै वडाहरुमा सेवा विस्तार गर्ने ।
– कार्य क्षेत्रमा रहेका कुल परिवार संख्याको कम्तीमा ८० प्रतिशत घरधुरीमा सेवा पुराउने ।
– एक घर एक स्वरोजगारका नारा लिर्ई गरिबी स्तर न्यूनीकरणमा सघाउने ।
– विद्यार्थी तथा विद्यालय वित्तिय साक्षरता कार्यक्रम मार्फत समुदायमा वित्तिय साक्षरता पु¥याउने ।
– संस्थाको दिगोपनाको लागि कोषलाई नियमित वृद्धि गर्दै लैजाने ।
– संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजना सेवा उपलब्ध गराउने ।
– सम्पूर्ण सदस्यहरुलाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै उद्यमी बन्न प्रेरित गर्ने ।
– संस्थाले प्रदान गरेका सेवाहरुबाट आफ्ना सदस्यहरुको जीवन स्तरमा क्रमिक सुधार ल्याउने ।
– कृषि उत्पादन तथा उत्पादन पश्चातका मुल्य श्रृखला (Value Added) सेवाहरुका लागि कृषक सदस्यको आय बृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने ।