• गृह
  • चन्द्र देवी को कथा (आत्मबल अनि साहस को कथा )

चन्द्र देवी को कथा (आत्मबल अनि साहस को कथा )

   चन्द्र देवी भण्डारी (सदस्य)
        टिकापुर शाखा

                                              कैलालीको टिकापुर नगरपालिकामा बस्दै आउनु भएको चन्द्र देवी भण्डारी मनमा केही नयाँ काम व्यवसाय गर्ने इच्छा शक्ति भएको महिला हुनुहुन्छ । यसै जिल्लाबाट उदय भएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लघुवित्त कार्यक्रममा उहाँ वि.स. २०६९ श्रावण २१ गते यस संस्थामा आवद्ध भई यो संस्थाको सदस्य हुनु भएको हो । यो संस्थामा आवद्ध हुदाँको बेला उहाँको श्रीमान शिक्षक पेशामा आवद्ध हुनुहुन्थ्यो र उहाँका १ छोरा,१  छोरी गरि जम्मा ४ जनाको खुसि परिवारको जम्मा ५ कट्ठा जग्गा छ । आय आर्जनको श्रोत भनेको श्रीमानको पेशा र जग्गा मात्र थियो । त्यो आम्दानीबाट छोरा छोरीको पढाई तथा उपचार र घर खर्चमा मात्र ठिक्क हुने र जग्गाको उब्जनिबाट पनि बर्ष भरिको खाना पनि अपुग हुने र श्रीमानको आय श्रोतमा निर्भर हुने हुदाँ चाहेर पनि बचत गर्ने तथा अन्य व्यबसाय गर्ने नै विकल्प हुदैनथ्यो मनमा आँट केही गर्ने चाहाना भएको भएता पनि आर्थिक रुपले पनि साथ हुदैनथ्यो । सोहि क्रममा उहाँ यो संस्थाको लघुवित्त कार्यक्रममा सोहि ठाँउको ३०–३५ जना महिलाहरुले संस्थाको ७ दिने तालिममा सहभागी भई यो संस्थामा आवद्ध भएको हुन उहाँले यो संस्थामा आवद्ध पश्च्यात परिवारको सल्लाहमा २०६९ सालमा उहाँले पहिलो पटक रु. २०००० ऋण लिई बंगर व्यवसायको शुभारम्भ गर्नु भयो र उहाँले त्यहाँबाट आफुले सोचे जस्तो आम्दानी भए पछि सोहि आम्दानी तथा पुन संस्थाबाट ऋण लिई माछा पोखरीको सुरुवात गर्नु भयो र पछि उहाँको सो उद्यम देखेर उहाँका घर परिवारले पनि उहाँलाई सघाउन थाले र उहाँले घर नजिकै किराना पसल तथा ब्रोईलर फार्मको व्यवसाय गरी उहाँले आफुले सोचे जस्तो आम्दानी गरी रहनु भएको थियो । यस विच २०७६ साल तिर उहाको श्रीमानको ह्दय घातका कारणले मृत्यु भयो । उहाको व्यवसायमा साथ सहयोग गर्ने श्रीमानको मृत्यू पश्चात उहाले हाल उक्त व्यवसाय एक्लै गर्दै आउनु भएको छ र सोहि आम्दानीबाट संस्थाको किस्ता तिर्ने तथा बचत गर्ने गर्नु भएको छ । उहाँ हाफ्नो टोलमा सबैलाई उद्यम गर्न प्रेरित गर्नु हुन्छ र उहाँ यस संस्थामा मात्र आवद्ध भई कारोवार गरि रहनु भएकोछ र अरुलाई पनि दोहोरोपनाको असरको बारेमा बैठकमा सम्झाउनु हुन्छ । यसरी उहाँले यो संस्थाबाट सुरुवाती चरण रु. २० हजार बाट सुरु गरेको व्यवसायको आकार हाल १० लाख बराबरको पुगेको छ र उहाँले किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट हाल सम्म जम्मा रु।१५,५०००० ऋण कारोबार गर्नु भएको छ र हाल उहाँकोे ३१५००० कर्जा चलिरहेको छ ।