• गृह
  • मेहनतको फल मिठो हुन्छ

मेहनतको फल मिठो हुन्छ

                                                  मेहनतको फल मिठो हुन्छ
“मेहनतको फल मिठो हुन्छ”भनेझै“ भेरी अञ्चलको सुर्खेत जिल्लामा वि.स.२०४४ सालमा आमा खिमा खत्री र बुवा हेम बहादुर खत्रिको माइलो सन्तानको रुपमा चन्द्रकला सिंह ठकुरीको जन्म भएको हो । बुवाआमाले उनको १९ वर्षकै उमेर मा कैलाली जिल्लाको बर्दगोरिया गा.पा. वडा न.ं २ कुम्भीया निवासी गरिब परिवारमा जन्मिएका चक्र बहादुर सिंह टकुरीस“ग वैवाहिक जिवनमा बा“धिदिनु भयो । उनले विवाह गरेपछि सुःख होला सोचेकि थिईन् । तर यहा“ उनलाई झन् ठुलो जिम्मेवारि थपियो । उनले शासु शसुराको स्यहार सुहार स“गै घर व्यवहार समाल्नु पर्ने भयो । उनको  दश का जग्गा बाहेक अन्य आम्दानिको स्रोत केही पनि थिएन । घरकै समस्याले गर्दा विवाह गरेको केहि समयपछि श्रीमान घर छोडेर भारततर्फ जानुभयो । उनि घरमा एक्लै भएका कारण उनलाई एक÷दुई महिना घर व्यवहार चलाउन निकै गाह्रो भयो । यसरि श्रीमानको कमाईले उनलाई बिहान बेलुकाको गुजरा चलाउन अलि सहज भईरहेको थीयो । 
         यस्तै–यस्तै किसिमले चन्द्रकलाले आप्mनो घर परिवारको गुजरा चलाईरहेकी छिन् । एक दिन गाउ“कै महिला दिदिबहिनीहरुबाट किसान बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आबद्ध भएपछि स–सानो बचत स“गै सानो–सानो बिना धितो ऋण कारोबार पनि गर्न पाईन्छ भन्ने कुरा सुनिन् । मिति २०६९÷०९÷२२ गते केन्द्र नं.३८० समुह नं.४÷१ मा सदस्य भईन् । क्रमश चन्द्रकलालाई श्रीमानको साथ सहयोगको अभाव थपिदै गयौ, बिस्तार बिस्तारै श्रीमान सम्पर्क बिहिन हुदै अर्को बिवाह गरेको भन्ने सुन्न आएसंगै मनमा बिभिन्न किसिमका तनाव र दुख कस्ठ झल्दै उहाका केहि दिनहरु बिते । स–सानो भए पनि व्यवसायमुखि भई आफनो खुामा आफै उभिनुपर्छ भन्ने सोच थपिदै गयो र उहाले यस किसान बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रमबाट  पहिलो पटक पन्ध्र हजार रुपैया“ ऋण लीएर गाउ“मा तरकारीको बिउ उत्पादन गरी व्यवसायको सुरुवात गरिन् । उनी रात दिन आपःनो दिनचर्या कसरी गर्ने भन्ने कुरामा चिन्तीत हुदै व्यवसायको  बृद्धि गर्ने भनेर मेहनत गर्न थालिन् । जसले गर्दा  थोरै–थोरै भएपनि व्यवसाय बृद्धि हुन गयो । यसरि बृद्धि भएको देखेरे उनी खुसी हु“दै दोस्रो पटक फेरि एक लाख रुपैया“ ऋण माग गरेर पुनः तरकारीको बिउ तथा बाख्रा पालन गरी व्यवसायलाई बढाईन् । 
             व्यवसमयको कारोबार बढ्न थालेपछि उनी व्यवसायमै व्यस्त भईन् । उनलाई घरव्यवहार समाल्न निकै गाह्रो थियो । उनको आपःनो बस्नकोलागी घर पनि पानी हावा छेक्ने थिएन । घर व्यवहार एक्लै चलाउनु पर्ने त्यस माथि घर पनि नहुदा निकै दुखि हुदै आधा बाख्रा बेच्ने तथा आधा तेस्रो पटक पुनः एक लाख कर्जा लिई घर बनाउईन् ।  घर बनाइ सकेपघि चौथो पटक पुनः पैतिस हजार रुपैय“ा ऋण माग गरिन् । उनले माग गरेको रकमबाट व्यवसायको दायरा बृद्धि गर्दै आम्दानी बढाउने तर्फ केन्द्रित रहिन् । अहिले उनलाई तरकारी खेती गर्न लागेको करिब ५ वर्ष पुगिसकेको छ । तरकारी बिउ खेतिबाट  निरन्तर आम्दानि भई रहने नभई समय लाग्ने भएकोले यो खेती संगस“गै फेरी उनले पाचौ पटक यस संस्थाबाट साठि हजार रुपैया“ ऋण माग गरेर तरकारी खेतीको सुरु गरीन् । उनले यस संस्थाबाट तरकारी सम्बन्धि तालिम लिने मौका पाएकी थिईन् । यस तालिमले उनलाई तरकारी खेती गर्नमा झन सहज पु¥याईदिएको छ । उनी तरकारी खेतिबाट एक मौसममा लगभग ५० देखि ५५ हजार सम्म आम्दानि भएको बताउ“छिन् । उनले पुनः छैटौं पटक तिन लाख कर्जा लिई टनेल (नेट हाउस) बनाई टनेल भित्र भिडे खुसानी (क्याप्सीकन) लगाई व्यवसायलाई मेहनतका साथ बृद्धि गरिरएकि छिन् । हाल सातौ पटक तिन लाख कर्जा लिई व्यवसाय गर्दै आइरहेको बताउदै पहिले ऋण भनेपछि डर मान्ने चन्द्रकलाले यस किसान बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आबद्ध भएपछि धेरै ऋण कारोबार गरिसकेकि छिन् । 
                  उनि भन्छिन्, मेरो पहिलेको जिवन भन्दा अहिलेको जिवनमा धेरै परिवर्तन भएको छ । गाउ“ समाजले गरिब भनेर अपहेलना गर्ने चन्द्रकला आज आपःनो  व्यवसायको मालिक भएकि छिन् । उनि भन्छिन, आम्दानिको स्तर बढेकै कारणले छोराछोरीहरुलाई राम्रो विद्यालयमा  पढाएकि छु । नियमित बचत गर्ने गरेकि छु । नियमित किस्ता तिरेकि छु । यस संस्थाबाट सात पटक सम्म ऋण कारोबार गरेकि छु । उनि मख्ख् पर्दै भन्छिन,् अझै व्यवसायलाई बढाउने योजना गरेकि छु । अहिले उनको घरमा एक छोरा एक छोरी ससुरा र आफुगरि चार जनाको परिवार छ । थोरै लगानि लगाएर घरमै सुरु गरेको व्यवसायबाट अहिले दैनिक न्युनतम २÷३ हजार सम्म आम्दानि भएको बताउ“छिन् । चन्द्रकला खुसि ह“ुदै भन्छिन,् यस किसान बहुउदेश्यीय सहकारी संस्थाको लघुबित्त कार्यक्रमबाट सानो–सानो ऋण लिएर सुरु गरेको व्यवसायले, आज मेरो जिवन परिवर्तन हुनुका साथै छोराछोरीहरुको भविष्य उज्वल बन्न पुगेको छ । उनि गर्भकासाथ भन्छिन् आज मेरो जिवन एका–एक दुःख बाट सुःखमा परिवर्तन गर्ने किसान बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रमले विभिन्न किसिमका बचत ऋण तथा तालिमहरु उपलब्ध गराई व्यवसायमुखि भएकी हु“ । मेरो जिवन पहिलेको भन्दा अहिलेको यो अवस्थासम्म पु¥याउनमा सहयोग गर्ने किसान बहुउद्देश्यीय सहकारी  संस्थाको ठुलो साथ रहेकोले यस संस्थालाई म मेरो हृदय देखि नै धन्यबाद दिन चाहान्छु भन्ने बताउ“न्छिन ।