मेहनती हात

                                                             मेहनती  हात 
सुदुरपश्चिम प्रदेश नं. ७ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं. ५ शाहिपुर बस्ने सिता के.सी.को एक सामान्य परिवारमा जन्म भएको थियो । सामान्य परिवारमा जन्मेकी सिता के.सी.को पारिवारिक स्थितिका कारण अध्यन गर्ने इच्छा हुदा हुदै पनि शिक्षाबाट बन्चित हुनपुर्यो र सानै उमेरमा उनको टिकापुर स्थित शाहिपुर निवाशि नेत्र बहादुर के. सी. संग विवाह भयो । बैवाहिक जीवन पनि त्यति सहज रहेन । धेरै परीवारमा बुहारी भएर बस्न पनि सिता लाई निकै गाह्रो भयो र एक दिन छुट्टीनुपर्ने अवस्था आयो । छुट्टिदा एउटा सानो घर मात्र भाग परेको थियो । दुबै जना बेरोजगार भएका कारण उनिहरु निकै चिन्तित थिए । उनका दुइृ छोरा र एक छोरी थिए । आम्दानीको स्रोत केहि नभएका कारण जिविकोपार्जन र छोराछोरीको पढाइकोलागि पनि निकै कठिन भयो । एकदिन किसान बहुउद्देश्यीय सहकारी संस्था टिकापुर शाखाको केन्द्र नं. १९४ समुह नं. ४ मा वि.स. २०६८।०८।२६ गतेका दिन एघार दिने तालिम लिएर सदस्य हुने अवसर पाइन । सुरुमा सदस्य हुदा रु २० बाट बचत सुरु गरेकी सिता के.सी.ले मिती २०७०।०५।२१ गते यस संस्थाबाट रु २०००० केरा खेतिका लागि कर्जा लिई व्यवसाय सुरु गरिन । सुरुमा ५ कठ्ठा जग्गामा केरा खेति सुरु गरेकी सिताले एक बर्षमा ९०००० आम्दानी गरिन । यसै गरी दोस्रो पटक ३०००० लगानी गरी ८ महिनामा रु २५०००० आम्दानी गरेकी सिता के.सि.ले यस किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट पटक पटक रु ९००००, १०००००, १५०००० हुदै ३००००० कर्जा कारोबार गर्दै हाल २ं.५ बिगाहा जग्गामा केरा खेति गर्दै आउनु भएको छ । हाल २५०००० लगानी गरी १ बर्षमा लगभग रु ८३०००० आम्दानी हुने बताउछिन । सुरुमा कर्जा कारोबार गर्दा डराउने म हाल ३००००० सम्म कर्जा चलाई केरा व्यबसाय गरि रहदा निकै नाफा भएको बताउछिन । हाल यसै किसान बहुउद्देश्यीय सहकारी संस्थाको हौसलाले गर्दा मैले आफुले पढ्न नपाएपनी आना तिनओटा छोराछोरीलाई राम्रो बार्डिङ स्कुलमा पढाईरहेकी छु । श्रीमानले केरा खेती व्यवसायमा सहयोग गर्नुहुन्छ भन्दै संस्थाले म प्रति गरेको विश्वास र दिएको कर्जाले गर्दा मेरो जीवनमा पुर्ण रुपमा परिबर्तन भएको हुदा किसान बहुउद्देश्यीय सहकारी संस्था प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।