• गृह
  • जानकी को बंगुर पालन ब्यावसाय

जानकी को बंगुर पालन ब्यावसाय

                                          जानकी को बंगुर पालन ब्यावसाय                                                                                                                                                केन्द्र र्न.०३७१
                                                                                                  जानकी देवी चौधरी
 कैलाली जिल्ला भजनी नगरापलीका  वाड नं. ०२ तिनघरुवा बस्दै आउनु भएकी  जानकी देवी चौधरीको घरमा ५ जना पविवार छन । १ छोरा १ छोरी श्रीमान र ससुरा उहाको परिवारमा छन । छोरा छोरीलाई स्कुल पढाउन र  घर खर्च चलाउन धेरै समस्या थियो ।  आम्दानीको स्रोत कृर्षि र श्रीमानको इन्डीयाको कमाईमा मात्र थियो । समस्या दिनप्र्रति दिन बढदै गयकाले घरायसी  सबै काम आफै गर्दै आएकी थिईन । गा“उमा किसान बहुउद्देश्यीय सहकारी संस्थाको कर्मचारीले  गा“उका  महिलाहरु सबैलाई भेलागरी  लघुवित्त कार्यक्रमको बारेमा जानकरी गराईसकेपछि, उनी पनि २०७० साल बैशाख ४ गते देखि यस संस्थाको कार्यक्रममा आबद्ध भईन । उहा“ यस सस्थाको कार्यक्रममा आबद्ध भैसकेपछि आफैले केही फरक कार्य गर्नु पर्छ  भनेर  योजना  बनाउनु भयो । उहाले सस्थाबाट प्रबाह हुने सेवा सुविधाको बरेमा जानकारी लिई सकेपछि । पहिले साहुबाट सयकडा ५ प्रतिशत मिटर ब्याजमा साहु बाट ऋण निकाल्ने र कारोवार गर्ने जानकी देवी चौधरीले बताईन ।  यस सस्था बाट  सहुलियत दरमा कर्जा उपलब्ध हुन्छ भनेर सुनेपछि खुशी भएको अनुभति ब्यक्त गरिन ।  उनले आनो श्रमिानको सल्लाह बमोजीम पहिलो पटकको रु १०,०००।– साधरण कर्जा लिई कृर्षि कार्यमा लगानी गरिन । त्यस बाट केही आम्दानी गरे पछि थप सहास आयो । अझै थप लगानी  गरेर  फरक कार्य गनुपर्छ भनेर देस्रो पटकको साधरण कर्जा रु २५,०००।–लिई  बंगुरका पाठा पाठी किनेर बंगुर पालन  सुरु गरिन । केहि समयपछि  ब्पावसाय राम्रो हुदै गयो आम्दानी पनि हुनथाल्यो ।  उनलाई घर परिवार चलाउन र सहजै  तरिकाले किस्ता तिर्न पैसा को कमाई  हुन थाल्यो र बंगुर पालन ब्यावासाई लाई नै बिस्तार गर्ने भनेर तेस्रो पटकमा रु १५००००।– कर्जा लिईन र यहि ब्यावसायबाट नै अगाडी बढेको भन्छीन । उतm कर्जा चुक्तागरी पुनंंः थप कारोवार विस्तारको लागी रु २,००,०००।– कर्जा लिई ब्यावसाईलाई निरन्तररुपमा अगाडी बढाउदै गएकी छिन  । आम्दानीको स्रोत दिन प्रतिदिन बढदै गयो । अहिले उनले ब्यावसायबाट बार्षिक १०० वटा जति बंगुरको पाठा पाठी बेचेर बार्षिक ५÷६ लाख आम्दानी हुन्छ भनेर बताउछीन । आजा भोली किसान बहुउद्देश्यीय सहकारी  संस्थाको सहयोग बाट बनेको ब्यावसायले ४ कोठाको पक्की घर निर्माण गरेको छोरा छोरी लाई राम्रो शिक्षा दिन सकेको घरपविारको समस्यालाई सहजैरुपमा समाधान गर्न सकेको  सुनाउछीन । म र मेरो परिवारलाई यस अवस्था सम्मा पुगाउन सहयोग गर्ने किसान बहुउद्दे्रयीय सहकारी संस्था लाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । ”जय किसान ”