• गृह
  • श्रदाञ्जलि सभा तथा सुबिधा बितरण कार्यक्रम (रु.१४,३८,८०८)

श्रदाञ्जलि सभा तथा सुबिधा बितरण कार्यक्रम (रु.१४,३८,८०८)

आज मिति २०७८ साल चैत्र महिनाको १८ गते किसान बहुउद्देश्यीय सहकारी संस्थाको टिकापुर शाखा अन्तर्गत केन्द्र नं.०३३४.०४.५ को सदस्य स्वः श्री तुलसी कुमारी चौधरीको पूण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा कार्याक्रम गरि सुविधा वितरण गरियो । जसमा कार्यक्रम सञ्चालक टिकापुर शाखाका शाखा प्रमुख श्री विनोद मिजार रहनु भएको थियो ।
 यस श्रद्धाञ्जली सभाका सभाध्यक्ष संस्थाका सञ्चालक समिति सदस्य तथा लघुवित्त संयोजक श्री पति राम चौधरी रहुन भएको थियो भने प्रमुख अतिथिको रुपमा जानकी गा.पा. वडा नं. ३ का वडा अध्यक्ष श्री प्रदिप शाह रहनु भएको थियो । उक्त कार्यक्रममा गाउ‘ समाजका भद्र भलादमी तथा सम्पूर्ण केन्द्रका सदस्यहरुको उपस्थितिमा सुबिधा वितरण गरियो । यस भन्दा अगाडि मृत्यु भएको पॉचौ दिनमा काजक्रिया खर्चका लागि रु २५,०००– प्रदान गरिएको थियो भने आज यस कार्यक्रमका बीच उहॉले लिनु भएको कर्जा रु १०,००,०००– (अक्षेरुपी दश लाख मात्र) मिनाह गर्नुका साथै ऋण रकमको ४० प्रतिशतले हुन आउने रकम रु. ४,३८,८०८– जम्म १४,३८,८०८– प्रदान गरियो । यस कार्यक्रममा संस्थाका लघुवित्त प्रमुख रण बहादुर साउदले संस्थाको सेवा सुबिधाको बारेमा मन्तव्य राख्नु भएको थियो भने सामाजिक तर्फबाट वडा अध्यक्ष श्री प्रदिक शाह ज्यूले मन्तव्य राख्नु भयो । 
अन्तमा सञ्चालक समिति सदस्य तथा लघुवित्त संयोजक श्री पति राम चौधरी ज्यूले उपस्थित सम्पूूर्णलाइ्र्र स–धन्यवाद प्रदान गरि कार्यक्रम समापन गर्नु भयो ।