सफलताको कथा

                                                                        

कैलाली चुरे गाउ पालिका वाड नं. ६ मा विगत २० वर्ष देखि ६ जनाको परिवार सहति मञ्जु देवी योगी गिरीको स्थायी रुपमा बासोबास गर्दै आईरहे की छिन् । भौगोलिक हिसाब अनुसार विकट ठाउ‘मा उनी पहाडी गाउ‘मा हुर्केकी हुन । 

त्यति बेला पहाडि भेगमा रुढिबादि परम्पराले ग्रस्ट समुदायमा चेलिबेटीलाई अध्ययन चलिरहेको थियो तर पनि उनि आºनो आमा र हजुरमुवाको हौसलाले विद्यालयमा गएर अध्ययन गर्ने मौका पाएकी थिईन र अध्ययन पनि गरिन् । त्यसपछि वैवाहिक जीवनमा गासिए देखि घरगृष्ठि चलाउन निकै गाह्रो भएको थियो ।

 



उनलाई केही व्यापार गरेर जिविका निर्वाह गर्न सोच र परिवारका सदस्य तथा आºनै श्रीमान द्वारा केहि सकारात्मक सोच प्राप्त गरेपछि व्यापार गर्न अग्रर भईन् । यसरी अग्रर भए पनि कुनै कार्य शुरु गर्न पुजीको आवश्कता भएकोले आर्थिक समस्या भयो । त्यही वर्ष केही दिन लगत्तै किसान .बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएपछि मिति २०७२ साल कात्र्तिक १७ गते यसै संस्थाको केन्द्र नं. ११६४ मा सदस्य प्राप्त गरि यसै संस्थाबाट पहिलोप पटकमा रु ४०,०००। ऋण लिइ अचार बनाउने व्यापारको शुरुवाट गरिन् । 
    
    यो व्यापार शुरु गर्दा चाहिने कच्चा पदार्थहरु त्यही स्थानिय स्रोत साधनबाट परिचालन गरियो । ति चाहिने कच्चा पदार्थ जस्तै आप, लसुन, कागती, खुर्सानी आदि स्रोत साधान एकै ठाउमा जुटाउन धेरै गाह्रो हुन लाग्यो । वरपर ६०।७० किलोमिटर टाढा देखि कच्चा पदार्थ ल्याउनु पथ्र्याे । टाढा भएको कारणले गर्दा आवश्यक सामाग्री समयमा ल्याउन सकिदैनथ्यो । 
    
    पछि उनले यसै संस्थाबाट पहिलो पटक लिएको ऋणको कारोवार चुक्ता गरेर दोस्रो पटकमा रु ९००००। कारोवार गरिन । यो पटकमा उनले टाढा टाढा देखि आवश्यक कच्चापदार्थ गाडिबाट आयात गर्न शुरु गरिन । त्सपछिको उत्पादित अचार लाई पहाड देखि तराई सम्म आफनो व्यापारको विस्तार गरिन् । यो व्यापारमा उनलाई धेरै राम्रो आम्दानी भयो । 


    अहिले उनले अचार बनाउनको लागि सिजनको बेला ५।७ जना सम्मा कामदार राखेर कच्चा पदार्थहरु लाई काट्ने, धुने, प्रशोधन गर्ने, बोक्रा निकाल्ने कार्यका लागि काममा खटाएकी हुन्छीन । ती कामदारहरुलाई दैनिक रुपमा ३००।५०० सम्म पारिश्रमिक उपलब्ध गराएकी हुन्छिन । हाल उनी स‘ग आएर पॉच लाख सम्म स्थिर पुजी र चार लाख सम्म चालु पुजी भएको व्यापार रहेको छ ।