बचत

लघुवित्त बचत योजना

लघुवित्त
बचतहरु  विशेषताहरु व्याजदर
समूह बचत

लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुमा थोरै भएपनि नियमित बचत गर्ने बानीको बिकास होस भन्ने उद्देश्यले समुह बचतको व्यवस्था गरिएको छ । यो बचत समूहमा आवद्ध सम्पूर्ण सदस्यले मासिक बैठकमा जम्मा गर्नेछन ।

बिशेषताहरु

  • केन्द्रको निर्णय अनुसार रु.१०० देखि रु.१००० सम्म केन्द्र बैठकमै जम्मा गर्न सकिने ।
  • समूह परित्याग गरेको अवस्थामा फिर्ता हुने ।
  • मासिक बैठकमा नियमित जम्मा गर्नुपर्ने ।
  • बचत रकम प्रत्येक मासिक बैठकमा समान हुने ।
४ %
ब्यक्तिगत बचत

लघुवित्तमा आवद्ध सदस्यहरुले आफुसंग रहेको स–सानो रकम स्वःऐच्छिक रुपमा आवश्यकता अनुसार रकम जम्मा गर्न र झिक्न सक्नेछन ।

विशेषताहरु

  • सदस्यको ईच्छा अनुसारको रकम बचत गर्न सकिने ।
  • सदस्यको ईच्छा अनुसार रकम झिक्न सकिने ।
  • कार्यालय तथा बैठक जहा पनि झिक्न सकिने ।
  • रकम झिक्नका लागि सदस्यलाई निशुल्क चेक बुक उपलब्ध गराईने ।
  • संस्थाको जुनसुकै शाखाबाट जम्मा गर्न तथा झिक्न मिल्ने ।
  • ABBS सेवा निः शुल्क ।
६%
शिक्षा तथा पेन्सन बचत

सदस्यहरुले बर्तमान समयमा जम्मा गरेको बचत भविष्यमा उनिहरुको बालबच्चाहरुको शिक्षादिक्षा र बुढेसकाल तथा अशक्त भएको अवस्थामा सदुपयोग गर्न सकिने गरि यस बचत योजनाको व्यवस्था गरिएको छ ।

विशेषताहरु

  • सदस्यको ईच्छा अनुसार रु १०० देखि १००० सम्मको योजना संचालन गर्ने सक्ने ।
  • संचालित योजना अनुसारको रकम नियमित बैठकमा राख्नु पर्ने 
  • एक सदस्यले रु.१००० ननाघ्ने गरि वढिमा २ ओटा योजना संचालन गर्न सक्ने ।
  • १५ बर्षमा जम्मा रकमको डबल रकम फिर्ता हुने ।
  • सो भन्दा पहिला फिर्ता लिदा विभिन्न बर्षमा शर्त अनुसारको व्याज सहित फिर्ता हुने ।
१३%
केन्द्रकोष बचत

सदस्यहरुलाई सामूहिक भावनाको विकास गराउनको निमित्त यस बचतको व्यवस्था गरिएको छ ।

विशेषताहरु

  • पहिलो पटक कर्जा कारोबार गर्दा बचत गर्नु पर्ने ।
  • पहिलो कर्जाको ५ प्रतिशत बचत जम्मा गर्न सकिने ।
४ %
सुनौलो बचत

संस्थामा आवद्ध सदस्यहरुले आफु संग भएको रकमलाई एकमुष्ठ जम्मा गरि तोकिएको समयमा झिक्ने शर्तका साथ यस बचतको व्यवस्था गरिएको छ ।

विशेषताहरु

  • यो बचतमा न्युनतम रु.१०,०००। देखी बढिमा रु.५००,००० । राख्न पाईनेछ ।
  • ३ बर्षमा बचतमा २५ प्रतिशत रकम थप गरि फिर्ता हुनेछ ।
  • ५ बर्षमा बचतमा ५० प्रतिशत रकम थप गरि फिर्ता हुनेछ ।
  • ८ बर्षमा बचतमा १०० प्रतिशत रकम थप गरि फिर्ता हुनेछ ।
 
गृहणी बचत

लघुवित्तमा आवद्ध महिला सदस्यहरुका लागि व्यक्तिगत बचतको अतिरिक्त योजनाका रुपमा यो बचत रहेको छ ।

विशेषताहरु

  • यस बचतमा दैनिक मौज्दातमा ब्याज दिईनेछ ।
  • यस वचतको सम्पुर्ण फिर्ता कारोवार चेक मार्फत बाट मात्र हुनेछ ।
  • गृहणी वचतमा आफ्नो इच्छा अनुसारको रकम राख्न तथा झिक्न सकिनेछ ।
  • न्युनतम मौज्दात रु.१०००।– रहनेछ ।
  • यस बचतमा निःशुल्क रुपमा SMS सेवा उपलब्ध गराईनेछ ।
८.१०%
आवास बचत

सदस्यले भविष्यमा घर निर्माणको लागी हाल यो बचतमा रकम जम्मा गर्न सक्ने छन साथै आवास कर्जा उपभोग गर्दा कर्जा रकमको १० प्रतिशत रकम बचतमा रहने गरि यस बचतको व्यवस्था गरिएको छ ।

विशेषताहरु

  • घर निमार्ण गर्ने बेला यो रकम निकाल्न मिल्ने छ ।
  • आवास कर्जा चुक्ता भएपछि झिक्न मिल्ने 
  • कार्यालय बाट यो बचत झिक्न मिल्नेछ
५%
मुद्धती ३ महिने

 

११.५५%
मुद्धती ६ महिने

 

११.७५%
मुद्धती १ बर्षे

 

१२.०५%
मुद्धती २ बर्षे

 

१२.२५%
मुद्धती ३ बर्षे

 

१२.५५%